Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

तल्लो लिखुले भदौदेखि विद्युत उत्पादन गर्ने,९५ प्रतिशत निर्माण सकियो


काठमाडौं । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाबाट आगामी भदौदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । सानिमा हाइड्रो समूहको लगानीमा निर्माणाधीन आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेको हो ।

आयोजनाको ९५ प्रतिशत निर्माण पूरा भइसकेको प्रवर्द्धकस्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक भोजराज पौडेलले बताए । उनका अनुसार आयोजनाको बाँकी काम सम्पन्न गर्न अब करिब २ महिनाको समय लाग्नेछ ।

‘हाम्रो आयोजना अब निर्माणको अन्तिम चरणमा आइपुगेको छ । अहिले सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको छ,’ उनले भने, ‘सुरुङमा ढलान र लाइनिङ गर्ने कार्य सकिएको । सिभिलतर्फ थोरै मात्रै काम बाँकी रहेकाले यो सबै सकिएपछि पानी भरेर परीक्षण गर्ने अवस्थामा पुग्नेछौं ।’ उनले बाँध क्षेत्रका सम्पूर्ण संरचनाको निर्माण सम्पन्न भई पानी भरेर परीक्षण समेत गरिसकिएको बताए ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको कार्य भइसकेको छ । आयोजनाबाट भदौ १ गतेदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि काम गर्दै जाँदा केही दिन ढिलो चाँडो हुन सक्ने जानकारी पौडेलले दिए । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहबाट २३ किलोमिटरको दुरीमा रहेको न्यू खिम्ती सबस्टेसनमा जोडिनेछ । न्यू खिम्ती सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

यो आयोजना यसअघि नै सम्पन्न हुने गरी निर्माण भइरहेकोमा गत वर्ष बर्खाको बाढीले स्थानीय क्षेत्रका सडक पूर्वाधारमा क्षति पुगेकाले निर्माण उपकरण, सामाग्रीलगायतको ढुवानीमा समस्या हुँदा काम केही ढिलाइ हुन पुगेको हो । त्यसअघि कोरोना (कोभिड–१९) महामारीको असर पनि यो आयोजनामा पर्न गएको थियो । २३ किलोमिटर प्रसारण लाइन आयोजनाको प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ ।

आयोजनाले भर्खरै प्रभावित क्षेत्रमा स्थानीयका लागि छुट्याइएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । लिखु तामाकोसी,लिखु, मन्थली नगरपालिका र रामेछाप नगरपालिका स्थानीयले हालेको आवेदनका आधारमा सेयर बाँडफाँड गरिएको हो ।

अब सर्वसाधारणका लागि छुट्ढाइएको सेयर पनि निष्कासन गरी बाँडफाँड गर्ने तयारी भएरहेको पौडेलले बताए । सानिमा समूह अन्तर्गत ३ वटा सहायक कम्पनीमार्फत तल्लो लिखुसहित ३ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ७३ मेगावाटको मध्यतमोर र १४.३ मेगावाटको माथिल्लो मैलुङ पनि अहिले निर्माणाधीन छन् ।

यसअघि सिन्धुपाल्चोकमा निर्माण भएको २.६ मेगावाटको सुनकोसी साना, इलाममा निर्माण भएका २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड गरी ३ जलविद्युत केन्द्र सञ्चालनमा छन् ।


Read Previous

ठूला पूर्वाधार आयोजनामा सरकारले ७० प्रतिशतसम्म जोखिम बेहोर्ने गरी हेजिङ नियमावली स्वीकृत

Read Next

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

Leave a Reply

Your email address will not be published.