Nepal Purbadhar

वायु सेवा सञ्चालक संघले दियो बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी


काठमाडौ ।
निजी हवाई सेवा प्रदायक कम्पनीहरूले वायु सेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले गत असार ५ गते गरेको निर्णय नसच्चाए बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएको छ ।

वायु सेवा संघले सरकार समक्ष ५ बुँदै माग राख्दै सबै उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनी जहाज विसाउनका लागि लिएको अनुमति अनुसार नै जहाज पार्किङ गर्नु पर्ने र पहिले उडान त्यही बाट गर्नुपर्ने तथा हेलिकोप्टरमा २ जना पाइलट राख्नु पर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले हवाई जहाजको हकमा असार १३ गते र हेलिकोप्टर हकमा ७ गते बाटनै सो निर्णय लागु गर्नुपर्ने निर्णय गरेको थियो । संघले पत्रकार सम्मेलन गरेर प्राधिकरणले निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आई पर्ने समस्याहरुप्रति वेवास्ता गरिएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको दाबी गर्दै सो निर्णय गरेको जनाएको छ ।

यसैगरी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मतमा लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउन समेत माग गरेको छ ।


Read Previous

सेञ्चुरी बैक र स्मार्टच्वासबीच स्मार्ट क्यूआरका लागि सम्झौता

Read Next

विश्व बैंकको उपक्षेत्रीय कार्यालय काठमाडौमा