काठमाडौ । राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षको लागि ५९ खर्ब १६ अर्ब ८३ करोड बजेट आवश्यक रहेको अनुमान सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको मध्यकालीन खर्च संरचनामा प्रतिवेदनमार्फत आयोगले सो सार्वजनिक गरेको हो ।
आगामी बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरिसकिएको छ । यसैगरी २०८०/०८१ मा १९ खर्ब ३१ अर्ब तथा २०८१/०८२ मा २१ खर्ब ९२ अर्ब पुग्ने अनुमान प्रतिवेदन गरिएको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार, चालु बर्षमा १३८१ डलर, आगामी बर्ष १५३६, आर्थिक बर्ष २०८०/०८१ मा १७१४ डलर र २०८१/०८२ मा १९०५ डलर पुर्याउने लक्ष्य राखिएको छ ।
यसैगरी आगामी बर्ष ७.६ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखिएको सो प्रतिवेदनमा २०८०/०८१ मा र २०८१/०८२ मा ८/८ प्रतिशत हासिल हुने उल्लेख छ ।
प्रतिवेदनमा आगामी तीन वर्षभित्र चालु वर्षमा रहेको गरिबीको जनसंख्या १८.७ प्रतिशतबाट ९ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
आयोगले मध्यकालीन खर्च संरचनाको प्रतिवेदनसँगै आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक विकास कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा आगामी बर्ष सञ्चालन हुने नयाँ र पुराना कार्यक्रम तथा यसको बजेटसहित विस्तृत रुपमा उल्लेख छ ।
आगामी वर्षको सबै कार्यक्रमसहित विस्तृतमाः मध्यमकालीन खर्च संरचना २०७९–८० देखि २०८१–८२