Nepal Purbadhar

दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु


काठमाण्डौ । सरकारले दुई बर्षभित्रनै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ देखि निर्माण कार्य सुरु गर्ने गरी निजगढ अन्र्तराष्ट्रिय विमानस्थलकोृ लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उल्लेख गरेको हो ।

नीति तथा कार्यक्रममा चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमास्थानलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने तथा सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण सुरु गरिने उल्लेख छ ।

एकीकृत पर्यटकीय पूर्वाधार र उच्च मुल्ययुक्त पर्यटन उपजको विकास तथा प्रवद्र्धनमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने, ग्रामीण पर्यटन तथा होमस्टेलाई प्रवद्र्धन गरिने तथा लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

वराहक्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्ष समेटी बृहत धार्मिक–सांस्कृतिक–पर्यटकीय केन्द्रको रुपमा विकास गर्न एकीकृत कार्यक्रम कार्यान्वयनमा लगाइने, कपिलावस्तुको तिलौराकोटलाई विश्व सम्पदा सुचीमा समावेश गरिने तथा आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्वका अभिलेख संरक्षण तथा व्यवस्थापन गरिने पनि नीतिमा उल्लेख छ ।

नीतिमा वायु सेवा कम्पनीहरुलाई काठमाण्डौ बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने उल्लेख छ ।

Facebook Comments

Read Previous

भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने

Read Next

औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar