Nepal Purbadhar

इन्धन मुल्यसँगै हवाई भाडामा वृद्धि


काठमाडौं । हवाई इन्धनको मूल्य बृद्धि भएसँगै वायुसेवा संञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल चार्ज अनुसार भाडा वृद्धि गरिएको जनाउँदै संघले अधिकतम काठमाडौं–धनगडीमा ४ सय ४५ र काठमाडौं–सिमरामा न्यूनतम ९० रुपैयाँसम्म गरेको छ ।

नेपाल आयाल निगमले आइतबार राति १२ बजे देखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्था बुधबारदेखि मूल्य समायोजन गरेको हो ।काठमाडौं–माउण्टेन फ्लाइटको ३४० रुपैयाँ, काठमाडौं–भद्रपुरको ३०० रुपैयाँ, काठमाडौं–बिराटनगरको २४० रुपैयाँ, काठमाडौं–जनकपुरको १३० रुपैयाँ, काठमाडौं–भरतपुर ११० रुपैयाँ भाडा बृद्धि गरेको हो ।

त्यसैगरी, काठमाडौं–पोखराको १६० रुपैयाँ, काठमाडौं–भैरहवाको २०५ रुपैयाँ, काठमाडौं–नेपालगञ्जको ३२५ रुपैयाँ, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रुपैयाँ तथा काठमाडौं–सिमराको ९० रुपैयाँ भाडा बृद्धि गरेको हो । स्वचालित प्रणाली अनुसार बृद्धि गरिएको (फ्यूल चार्ज) अनुसार हवाई भाडा बृद्धि गरेको संघले जनाएको छ ।

Facebook Comments

Read Previous

धनगढीमा स्टार्टअप एण्ड आइडिया फेस्ट

Read Next

बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने बेथानचोक गाउँपालिकाको पहिलो निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar