Nepal Purbadhar

सार्वजनिक निकायअन्तर्गत कुन कुन निकाय/संस्थाहरु पर्छन ?


सार्वजनिक निकाय भन्नाले निम्न निकायहरूलाई सम्झनुपर्छ ।

(१) संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय ।
(२) नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति वा प्रचलित कानून बमोजिम सार्वजनिकस्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्था ।
(३) नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा अधिकांश अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य प्राज्ञिक वा शैक्षिक संस्था ।
(४) स्थानीय तह ।
(५) विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समिति ।
(६) नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था र
(७) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकेको अन्य संस्था पर्छन ।

Facebook Comments

Read Previous

चीनले कोइलामा आधारित थर्मल प्लान्टलाई १ अर्ब ५० करोड डलर सहायता दिने

Read Next

न्यू बुटवल-गोरखपुर प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा लगानी गर्न प्राधिकरणलाई बल्ल स्वीकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar