Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

न्यादी आयोजनाले परीक्षण उत्पादन थाल्यो


काठमाडौं । प्रसारण लाइनकाे समस्या समाधान भएपछि लमजुङमा निर्माण भएकाे  ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले परीक्षण विद्युत उत्पादन सुरु गरेको छ । जिल्लाकाे मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भएको आयोजनाले शुक्रबार (बैशाख ९ गते) देखि विद्युत उत्पादन थालेको हो ।

बुटवल पावर कम्पनी (बिपिसी) काे सहायक न्यादी हाइड्रो पावर कम्पनीको लगानी रहेको आयोजनाको विद्युत निर्माण सम्पन्न भएको ५ महिनापछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । चिनियाँ लगानीको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविदुत आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा कम्पनीले आफ्नो विद्युत प्रवाह भइरहेको १३२ केभी भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनमा न्यादी जोड्न असहयोग गरेका कारण विद्युत खेर गइरहेको थियो ।

चिनियाँ कम्पनीसँगको पटक–पटकको छलफल तथा वार्ताबाट सहमति जुटेपछि न्यादीको विद्युत सोही प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको अथक प्रयास र सहयोगका कारण चिनियाँ कम्पनी विद्युत जोड्न दिन सहमत भएपछि शनिबारदेखि विद्युतगृह नियमित सञ्चालन गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उतम अमात्यले बताए ।

‘हामीले सञ्चालनमा ल्याउनका लागि बैशाख सुरु भएदेखि नै आयोजना परीक्षण गर्दै आएका थियौं,’ उनले भने, ‘शुक्रबार केही घन्टा चल्यो । शनिबारदेखि भने नियमित परीक्षण उत्पादन गरेर प्राधिकरणलाई निशुल्क विद्युत दिइरहेका छौं ।’ अहिले आयोजनाले १५ मेगावाट हाराहारीमा विद्युत राष्ट्रिय प्रणालीमा दिइरहेको छ ।

२ साताको परीक्षणपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने पनि अमात्यले जानकारी दिए । यसअघि यो आयोजनाको विद्युत विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता भएको थियो । प्राधिकरणले आयोजना सञ्चालनमा आउने अवधिसम्म पनि प्रसारण लाइन निर्माण गर्न नसकेपछि त्यसको विकल्पमा भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाकाे विद्युत भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनसम्म पुर्याउन प्रवर्द्धक कम्पनीले १० किलाेमिटर लामाे १३२ केभी प्रसारण लाइन निर्माण गरेकाे छ । प्रसारण लाइनकाे रुटमा २५ वटा टावर निर्माण गरिएकाे छ । आयोजनाले वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

आयोजना सम्पन्न हुँदा ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिए पनि कोरोना (कोभिड-१९) महामारी, विद्युत उत्पादनमा ढिलाइ लगायत कारणले निर्माण अवधि लम्बिँदा लागत केही बढेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, हिमालयन, सनराइन, ग्लोबल आइएमई बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को ऋण लगानी छ ।


Read Previous

‘बजेटको विश्वसनीयतामै समस्यै समस्या’

Read Next

कोइला अभावले भारतमा ऊर्जा संकट बढ्दो, दर्जनौं राज्य विद्युत कटौतीको मारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *