Nepal Purbadhar

इन्धन संकट गहिरिँदै: आवश्यक परे जोर–बिजोर प्रणाली लागू हुने


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्न सकिने संकेत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै एक मन्त्रीले ऊर्जा बचतका लागि सरकारबाट आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार आपूर्ति व्यवस्थापनका लागि थोक बिक्रीमा नियन्त्रण कडाइ गरिएको छ भने उच्च खपत हुने इन्धनको प्रयोगमा समेत कटौती सुरु भइसकेको छ।
सरकारले नागरिकलाई अनावश्यक इन्धन खपत नगर्न र ऊर्जा बचतमा सहयोग गर्न आग्रह गरेको छ।


Read Previous

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

Read Next

राष्टिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar