
काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार मात्रै आफूलाई अमेरिकामै बलात्कार गरिएको आरोप लगाएकी थिइन्।
उक्त आरोपका आधारमा अनुसन्धानका लागि लम्साललाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
