
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आजै मन्त्रिपरिषद् विस्तार गर्दै उनले मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।
निर्धारित सूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ । त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालयमा अमरेश कुमार सिंह तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावललाई जिम्मेवारी दिइने भएको छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै हुने तयारी गरिएको स्रोतले जनाएको छ ।
