Nepal Purbadhar

बेनी हाइड्रो पावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवेदनको अवसर


काठमाडौं । बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। त्यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
उक्त शेयरमध्ये ५ लाख २० हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का बासिन्दालाई वितरण गरिनेछ। त्यस्तै ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले चैत १५ देखि चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ देखि चैत १५ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीद्वारा प्रवर्द्धित १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना हाल सञ्चालनमा छ।


Read Previous

तस्बिरमा हेर्नुस् कुर्था-जनकपुर-जयनगर रेल्वे, कहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग

Read Next

प्राप्त मत भविष्यको आधार : अध्यक्ष कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar