
काठमाडौं । नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन्।
उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
साथै उनले भारत नेपालसँग नजिकको मित्र र छिमेकीका रूपमा शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्य हासिल गर्न नयाँ सरकार र नेपाली जनतासँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
