Nepal Purbadhar

काठमाडौं–३ मा रोचक प्रतिस्पर्धा: पाण्डे अग्रस्थानमा, घिसिङ पछ्याउँदै


सार्वजनिक पछिल्लो मतपरिणामअनुसार पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले पछ्याइरहेका छन्। घिसिङले हालसम्म २ हजार ७० मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा प्रमुख दलका उम्मेदवार भने पछाडि परेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल ५ सय ८३ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ४ सय ५६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुन्दरराम बोहोराले ७३ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निरज लामाले ४९ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।


Read Previous

मतदाताको उत्साहले लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि गर्‍यो : गगन थापा

Read Next

झापामा बालेनको सुरुवाती अग्रता, ओलीलाइ पछि पारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar