Nepal Purbadhar

मतदाताको उत्साहले लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि गर्‍यो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र अटल प्रतिबद्धता पुनः पुष्टि भएको बताएका छन्।

बुधबार वक्तव्य जारी गर्दै उनले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

थापाले मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वास देखिएको उल्लेख गर्दै यसले राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताएका छन्।

केही निर्वाचन क्षेत्रमा भएका छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्।

निर्वाचन सफल बनाउन खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति पनि उनले आभार व्यक्त गरेका छन्।


Read Previous

सकियो मतदानको समय, कति खस्यो भोट ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar