
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे काठमाडौंबाट झापातर्फ प्रस्थान गरेको थियो।
तर खराब मौसमका कारण हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि डाइभर्ट भई बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ।
शाहले बिहान काठमाडौंमा मतदान गरेर झापातर्फ प्रस्थान गरेका थिए।
