Nepal Purbadhar

पर्सा–२ का उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद सामग्री बरामद


पर्सा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा उनलाई सहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गाडीबाट केही शंकास्पद सामग्री फेला परेको छ। घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको बताइएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पर्सा प्रहरीले जनाएको छ।


Read Previous

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै

Read Next

रास्वपा सभापति रवि लामिछानेले गरेर मतदान, ढोगे मतपेटिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar