Nepal Purbadhar

विष्णुमति नदी सरसफाई तीब्र रुपमा हुँदै (तस्बिरहरु)


काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाई अभियानमा तिव्रता दिएको छ ।

शहर सुन्दर बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय खोलानाला सरसफाइ गर्दै आएको छ ।

सोही अभियान अन्तर्गत महानगरले काठमाडौँको अनामनगर क्षेत्रको धोबी खोला, टुकुचा खोला सरसफाई गरी सकेको छ भने अहिले कामपा १६ स्थित विष्णुमति खोला सरसफाईको काम अगाडी बढाएको छ ।

महानगरका कर्मचारीले खोलामा फालिएका अनावश्यक फोहोर हटाउनुका साथै झाडी सफा गरेका छन् । खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा पानीजन्य रोग बढ्नुका साथै सहरको सौन्दर्यतामा असर परेको भन्दै सरसफाई गरिएको महानगरले जनाएको छ । साथै महानगरले खोलानालामा फोहोर नगर्न पनि सबैमा आग्रह गरेको छ ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

भोटेकोसी नदीमा हिउँदको कठ्याङ्ग्रिने चिसोमा पनिमा राफ्टिङको साहस

Read Next

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड G7 को ऐतिहासिक माइलस्टोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar