Nepal Purbadhar

एकैपटक ठूलो संख्यामा कर्मचारी माग्यो प्राधिकरणले, क-कसले दिन पाउछन् आवेदन ?


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्राधिकरणले विभिन्न पदमा २६० जना कर्मचारी माग गरेको हो । प्राधिकरणले जारी गरेको सूचनामा अधिकृतदेखि सहायकस्तरसम्मका पदहरूमा दरखास्त आह्‍वा गरिएको छ ।

प्राधिकरणले अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जनाको स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षा लिने उल्लेख गरेको छ । यस्तै सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि माघ ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। तोकिएको म्यादभित्र आवेदन दिन नसकेकाहरूले दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।

यहा क्लिक गरेर आवेदन दिन सकिन्छ

यसैगरी, प्राधिकरणले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुला गरेको छ।

17968184

Read Previous

पोखरामा चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने, ताररहित बनाउने तयारी

Read Next

बुटवल–लमही ४०० केभी प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar