Nepal Purbadhar

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य


काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल प्रिमियर लिगका लागि बिराटनगर किंग्सको अफिसियल एपेरल पार्टनर बनेको छ। यो रोमाञ्चक साझेदारी मार्फत् गुणस्तर, समर्पण र स्थानीय प्रतिभाप्रति साझा विश्वास राख्ने दुई गर्विला नेपाली ब्रान्डहरू एक साथ आएका छन् ।

डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ। बिराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई फील्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ जसले कोशी प्रदेशको गौरवलाई समेत प्रतिबिम्बित गर्नेछ। प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन् ।

“हामी हाम्रो आफ्नो टिमलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं,” डोल्पोका प्रवक्ताले भने। “बिराटनगर किंग्ससँगको साझेदारी मार्फत् हामी नेपाली प्रतिभालाई सघाउन र घरेलू खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ। यो केवल एपेरलको सहयोग मात्र होइन, यो त घरेलू उत्पादन र खेलकुदप्रतिको गौरव पनि हो।”

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम बिराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउँदै आएको छ। टिमले हालै अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिस्पर्धा गर्ने संकेत दिएको छ। डोल्पोको समर्थन पाएसँगै अब खेलाडीहरूले प्रत्येक खेलमा आत्मविश्वासका साथ गौरवशाली प्रदर्शन दिनेछन्।

डोल्पो र बिराटनगर किंग्सबीचको यो सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सव हो। नेपाली ब्रान्ड र खेलकुद टिमहरू एक साथ आएको खण्डमा देशका लागि साँच्चिकै केहि प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिन्छ।

बिराटनगर किंग्सको बारेमा:

बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र कम्युनिटी तथा फ्यानहरूसँग गहिरो सम्पर्क स्थापित गर्दै कोशी प्रदेशलाई गौरव दिलाउनु हो।


Read Previous

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

Read Next

दीपक खड्का र हितेन्द्र शाक्यको लापारबाहीले देशले किन्नुपर्‍यो महँगो बिजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar