Nepal Purbadhar

बाह्रबिसे नगरपालिकामा अख्तियारको टोलीद्वारा छापा, ५ करोडको हिसाब भेटिएन


सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार छापा मारेको छ ।

नगरपालिकामा पटक–पटक अनियमितता सम्बन्धी उजुरी परेपछि अख्तियारको विशेष टोलीले कार्यालय पुगेर कागजातहरू संकलन गरेको हो।

स्रोतका अनुसार, भोटेकोशी जलविद्युत आयोजना मार्फत अस्पताल निर्माणका लागि झण्डै पाँच करोड रुपैयाँ नगरपालिकाले प्राप्त गरेको भनिए पनि उक्त रकमको उपयोगबारे स्पष्ट विवरण फेला नपरेपछि टोलीले छानबिन अघि बढाएको हो

प्रारम्भिक परीक्षणमा करिब २० लाख रुपैयाँको मात्रै हिसाब भेटिएको र बाँकी रकमको प्रयोगबारे कुनै विवरण नभएको बताइएको छ।

छानबिन अन्तिम नतिजा आउँदासम्म अख्तियारले आवश्यक कागजात र अभिलेख नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ।


Read Previous

५००० मेगावाटका जलविद्युत आयोजनाको पीपीए गर्ने तयारीमा प्राधिकरण, अर्थलाई सोध्यो- ‘टेक अर पे की टेक एण्ड पे’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar