
काठमाडौं । काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उत्घाटन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उत्घाटन गरेका हुन् ।

नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए ।

उपत्यकाको विभिन्न स्थानहरु चाबहिल, गौशाला, बल्खु, कलंकी, लगायत बनेपामा पनि नागरिक सहायता आज बाट सञ्चालमा ल्याइए उनले बताए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
Facebook Comments