
काठमाडौं । ऊर्जा तथा जलस्रोत मन्त्रालयका साथै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङ शपथ ग्रहण सकिने बित्तिकै टिचिङ अस्पताल पुगेका छन् ।

उनी भदौ २३ र भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवार तथा घाइते भेट्न टिचिङ पुगेका हुन् ।

घिसिङसँगै अन्तरिम सरकारका मन्त्रिपरिषदका तीन मन्त्रीहरू रामेश्वर खनाल र ओमप्रकाश अर्यालले आज सोमबार शीतल निवासमा शपथ ग्रहण गरेका थिए ।

Facebook Comments