
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटै विकासे मन्त्रालयको जिम्मा पाएका छन् ।
सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले उनलाई मुख्य तीनवटै विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सोमबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौंडेलले पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।
उनलाई ऊर्जा,जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सरकारले करिब ७ महिना पहिले विद्युत प्राधिकरणबाट बर्खास्त गरेको थियो । उनलाई राम्रो काम गर्दा गर्दै बर्खास्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
सरकारले उत्कृष्ट काम गर्दा गर्दै पनि हटाएपछि उनले उज्यालो अभियान नेपाल सञ्चालन गर्दै आएका थिए ।
त्यसै गरी अर्थमन्त्रीको रामेश्वर खनालले पाएका छन् । भने गृह र कानुन मन्त्रालयको जिम्मेवारी ओम प्रकाश अर्यालले पाएका छन् ।