Nepal Purbadhar

प्रधानसेनापति सिग्देलको आग्रह : वार्ताबाट शान्तिपूर्ण समाधान खोजौँ


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जारी आन्दोलनलाई शान्तिपूर्ण ढंगले अन्त्य गर्न वार्तामा आउन आह्वान गरेका छन्।

मंगलबार साँझ प्रसारित भिडियो सन्देशमा उनले असहज परिस्थितिलाई सामान्यतर्फ फर्काउन सबैले योगदान दिनुपर्ने उल्लेख गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरी संवादको बाटो समाउन आग्रह गरे।

उनले देशका विभिन्न स्थानमा भइरहेको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै दिवंगतको आत्माको चीरशान्ति तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै, घाइतेहरू चाँडै स्वास्थ्यलाभ होस् भन्ने शुभेच्छा पनि प्रकट गरे।

सिग्देलका अनुसार, शान्ति, सुरक्षा, राष्ट्रिय एकता र अमनचयन कायम राख्नु सम्पूर्ण नेपालीको साझा दायित्व हो। उनले नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनताको सुरक्षामा सधैं प्रतिबद्ध रहने स्पष्ट पारे।

आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा निजी सम्पत्ति, नागरिक जीवन र मित्र राष्ट्रका कूटनीतिक निकाय प्रभावित नपार्नुपर्नेमा पनि उनले जोड दिए।

अन्त्यमा, मातृभूमिप्रति आस्था राख्दै राष्ट्रिय सद्भाव र एकताको खातिर सबै नेपाली मिलेर अघि बढ्न उनले आग्रह गरे।

Facebook Comments

Read Previous

एनसेल टावरमा पनि आगजनी, तस्बिरमा हेर्नुस्

Read Next

आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar