
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा तोडफोड भएको छ ।
बुढानिलकण्ठस्थित उनको घरको मुख्य गेट फुटाएर प्रदर्शनकारीहरू उनको घरभित्र छिरेका हुन् ।
सोमबार भएको जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले अत्याधिक दमन गरेको भन्दै मंगलबार देशव्यापी रूपमा आन्दोलन भइरहेको छ । यो आन्दोलनमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।
Facebook Comments