
काठमाडौं । सोमबार जनेजी पुस्ताले गरेको आन्दोलन र त्यसमा सरकारले गरेको दमनको अन्तरार्ष्ट्रिय चर्चा भएसँगै भारतीय मिडियाहरू नेपालमा रिपोर्टिङका लागि आएका छन् ।

हिजो भएको जेन जी प्रदर्शनी र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि दैनिक भास्कर, एन डी टिभि लगायत का भारतीय मिडिया नेपाल आएका छन् ।

मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

सोमबार जेनजी पुस्ताले सरकारले गरेको भ्रष्टाचार र जवाफदेहिताका लागि माग गर्दै आन्दोलन गरेको थियो । तर, उक्न आन्दोलनमा सरकारले जनजी पुस्तामाथि दमन गर्दै गोली चलाएर कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

हालसम्म तत्कालिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् भने आम जनताले भने प्रधानमन्त्रीसहितको राजीनामाको माग गरिरहेको छ ।










