Nepal Purbadhar

जेनजी आन्दोलन चर्किएपछि पोखरामा पनि लाग्यो कर्फ्यु


काठमाडौं । जेनजी आन्दोलन चर्किएपछि पोखरामा पनि कर्फ्यु लागेको छ ।

जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको हो । दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लागेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जारी गरेको आदेशमा शहिदचोक आसपासमा कर्फ्यु लगाइएको उल्लेख छ ।

शहिदचोकको पूर्वतर्फ पर्ने वाइचोक, पश्चिममा फिस्टेलचोक, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा राष्ट्र बैंक चोकसम्म कर्फ्यु लगाइएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेपछि कर्फ्यु लगाइएको हो ।

जेनजी आन्दोलनमा प्रहरीले दमन गरेपछि ५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।


Read Previous

बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि सेना परिचालन

Read Next

जेनजी आन्दोलनपछि प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar