
काठमाडौं । काठमाडौंको माइतीघरमा सुरु भएको जेनजी पुस्ताको आन्दोलनका केही प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् ।

जनेजी पुस्ताले सोमबार भष्टाचार तथा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा आन्दोलन गरिरहेको छ । उनीहरुले आफूहरूले तिरेको कर कहाँ गयो? सरकारले जवाफदेहिता देखाउन मागलगायतका विषयमा विभिन्न नारासहित प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोलीदेखि अश्रु ग्यास तथा पानीको फोहोरा प्रयोग गरिरहेको छ । यद्यपी भीड अनियन्त्रित हुँदा बानेश्वर आसपासका विभिन्न क्षेत्रमा कर्फ्युको समेत घोषणा गरिएको छ ।



Facebook Comments