
काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् ।

जेन–जीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरुले हाम्रो देश कसले बचाउछ ?, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

आज सोमबार देशैभरका विभिन्न ठाउँमा जेन-जी पुस्ताले भष्टाचारविरुद्धमा प्रदर्शन गरिरहेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
Facebook Comments