Nepal Purbadhar

ह्याविट्याट पावरले हेवा ए जलविद्युत आयोजनाको बिजुली प्रणाली ल्याउन ३३ केभी प्रसारणलाइन बनाउँदै

सांकेतिक तस्बिर ।


काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले ३३ हजार भोल्टको सिंगल सर्किट प्रसारणलाइन निर्माण गर्ने भएको छ । ९.९ मेगावाटसम्मको विद्युत प्रसारणका लागि कम्पनीले उक्त प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

प्रसारणलाइन पाँचथरको फालेलुङ गाउँपालिका-१ मा निर्माणाधीन हेवाखोला ए जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिका भई विद्युत प्राधिकरणको फिदिम सबस्टेसनसम्म निर्माण हुनेछ ।

यो प्रसारणलाइन ११.२४ किमीको हुनेछ । हेवा खोला ए बाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न यो प्रसारणलाइन निर्माण गर्न लागिएको हो ।

१४० वटा स्टील ट्युबुलर पोलहरु रहने छन् । पोलको उचाई १३ मिटर तथा पोलहरुबीचको औसत दुरी ६३.१२ मिटर हुनेछ । यो प्रसारणलाइन १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

Facebook Comments

Read Previous

नेपाल शिक्षक महासंघले कांग्रेसको पार्टी कार्यालयमा धर्ना दियो

Read Next

ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्ज हाईड्रोपावरको ५१ प्रतिशत सेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar