
काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।
आव २०८०/०८१ को तुलनामा आव २०८१/०८२ मा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा बृद्धि भएको छ ।
त्यस्तै, असार महिनामा मात्रै पनि एक खर्ब ८१ अर्ब ११ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । जेठ महिनामा भित्रिएको रेमिट्यान्सको तुलनामा असारमा १६ प्रतिशतले आप्रवाहमा बृद्धि भएको हो ।
Facebook Comments