
काठमाडौं । आज सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
सोमबारको सेयर बजार २९.९० अंकले घटेको हो । सोमबार कारोबार बन्द हुँदा नेप्से २८२२ अंकमा कायम भएको छ ।
सोमबार कारोबार सुरु भएपछि सुरुवातमा केही सकरात्मक देखिएको सेयर बजारमा त्यसपछि भने गिरावट देखिएको थियो । २८७५ अंकसम्म पुगेको सेयर बजार कारोबार बन्द हुँदा भने २८२२ अंकमा कायम भएको छ ।
बजारमा गिरावट देखिएतापनि कारोबार रकममा भने बृद्धि भएको छ । यसअघिको कारोबार दिन ८ अर्ब ५३ करोड रुपैयाँ कारोबार भएको सेयर बजारमा आज सोमबार १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।