Nepal Purbadhar

आर्थिक वर्ष २०८१/०८२: ११ वर्षकै धेरै निर्यात, आयात १८ खर्ब 


काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले ११ वर्षकै धेरै वस्तु तथा सामानको निर्यात गरेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको आव २०८१/०८२ को वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालले  १२ महिनामा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आव २०८१/०८२ को निर्यातमा ८१.८० प्रतिशतले बृद्धि भएको छ । 

यसअघि २०७८/०७९ मा नेपालले किर्तिमानी २ खर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

आव २०८१/०८२ मा  १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराकरको वस्तु तथा सामान नेपालमा आयात भएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा गत आव २०८१/०८२ मा १३.२५ प्रतिशतले आयातमा बृद्धि भएको हो । 

गत आव २०८१/०८२ मा नेपालको कुल वैदेशिक व्यापार भने २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको विभागको तथ्यांकल देखाएको छ । सोही अवधिमा नेपालको कुल व्यापार घाटा भने १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपयाँ रहेको छ । 


Read Previous

नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले ९ महिनामा गर्‍यो १३ करोड ५० लाखको कारोबार

Read Next

२ खर्ब ७७ अर्बको निर्यातमा १ खर्बबढिको सोयाबिन तेल, अरु के के भयो निर्यात?

Nepal Purbadhar