
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को जिम्मेवारी पुन: चन्द्रन घोषलाई दिएका छन् ।्
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ निकट भन्दै सरुवा गरिएका घोषलाई लोड डिस्प्याच सेन्टरको जिम्मेवारी पुन: दिइएको हो । झ्याप झ्याप बत्ती गइरहने समस्या भएपछि घोषलाइ एलडीसीको जिम्मेवारी दिइएको हो । उनी एलडीसीको सिस्टम बुझ्ने कर्मचारी मानिन्छन् ।
प्राधिकरणको बिलिङमा कार्यरत रविन्द्र श्रेष्ठ स्युचाटारस्थित डेटा सेन्टरमा सरुवा भएका छन् । डेटा सेन्टरमा कार्यरत मनोज कुमार शाह बिलिङमा सरुवा भएका छन् । एलडीसीमा कार्यरत रञ्जु पाण्डे केन्द्रिय कार्यालय दरबारमार्गमा सरुवा भएकी छन् ।
Facebook Comments