Nepal Purbadhar

कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ


काठमाडौं । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो । नगरपालिकाको कार्यालयबाटै उनलाई घुसको रकमसहित बुधबार दिउँसो पक्राउ गरिएको हो । 

अख्तियारका अनुसार साहले एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको समयमा रंगेहात पक्राउ गरिएको हो । 

घटनालाई लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


Read Previous

साउन आएसँगै चुरापोते बजारमा चहलपहल

Read Next

सार्वजनिक यातायातलाई प्रविधियुक्त र स्तरीय बनाउन मन्त्री दाहालको जोड

Nepal Purbadhar