
काठमाडौं । नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदमुक्त गरी भगवती चौधरीलाई सो मन्त्रालयको मन्त्री पदमा नियुक्त गरेका छन् ।
यसअनुसार चौधरी अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।
घुस डिल गरेको अडियो बाहिरिएपछि गुप्ताले मंगलबार राजीनामा दिएका थिए ।