Nepal Purbadhar

भारतबेन्जको गाडी वितरण गर्ने ओम्नी मोटर्सले ९ महिनामा गर्‍यो ७९ करोड ४० लाखको व्यापार


काठमाडौं । भारतबेन्ज कम्पनीका व्यवसायिक गाडीहरु नेपालमा वितरण गर्ने कम्पनी ओम्नी मोटर्स प्रालिले ९ महिनामा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०२५ को सुरुवाती ९ महिनामा यो कम्पनीले ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघिका वर्षहरुमा कम्पनीको व्यापार २०२२ पछि घटेको भएतापनि क्रमश: व्यापारमा सुधार आउँदै गएको छ । २०२१ मा २ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको यो कम्पनीले २०२२ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

२०२३ मा भने कम्पनीको व्यापारमा भारी गिरावट आएर ६९ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार भएको थियो । २०२४ मा ७२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२५ को सुरुवाती ९ महिनामा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०१३ मा खुलेको यो कम्पनी नेपालका लागि भारतबेन्ज ब्रान्डका कमर्सियल गाडीहरुको राष्ट्रिय वितरक हो । बिरगन्ज पर्सामा दर्ता रहेको कम्पनीको ११ वटा शोरुमहरु देशभर रहेको छ । रजिन्द्र काब्रा अध्यक्ष रहेको कम्पनीको स्वामित्व उनीसहित पाँच जनासँग रहेको छ ।

हालका लागि यो कम्पनीले ९५ करोड ५४ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले यो कम्पनीलाई ३८ करोड ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि र ५७ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


Read Previous

बीमा प्राधिकरणका अध्यक्षलाई सरकारले गर्‍यो निलम्बन, छानविन समिति गठन

Read Next

रुसमाथि थप कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

Nepal Purbadhar