
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाविरुद्ध छानविन समिति गठन गरेको हो । पूर्व न्यायधिश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति बनेको हो ।
समितिको सदस्यमा कपिल ओली र जीवन प्रकाश सिटौला छन् । सरकारले फागुन १२ गते बीमा प्राधिकरणको जिम्मेवारी दिएको हो ।


