Nepal Purbadhar

होङ्सी सिभम सिमेन्टले ९ महिनामा गर्‍यो ९ अर्ब २५ करोड १० लाखको व्यापार


काठमाडौं । होङ्सी शिभम सिमेन्ट प्रालिले ९ महिनामा ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०२५ को ९ महिनामा कम्पनीले ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

‘होङ्सी’ नाममा सिमेन्ट उत्पादन, बिक्री तथा वितरण गर्ने यो कम्पनीले यसअघि २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको यो कम्पनीले २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसयता कम्पनीको व्यापार निरन्तर घट्दै गएको छ ।

२०२४ मा यो कम्पनीले ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा कम्पनीको व्यापार १३ अर्ब ८१ करोड ११ लाख रुपैयाँ थियो ।

२०१५ मा खुलेको यो कम्पनीले सिमेन्ट उत्पादन तथा क्लिंकर उत्पादन गर्ने गर्छ । वार्षिक २० लाख मेट्रिक टन क्लिंकर तथा २३ लाख मेट्रिक टन ग्राइन्डिङ क्षमता रहेको कम्पनीको कारखाना नवलपरासीमा रहेको छ ।

कम्पनीको अधिकतम सेयर (७० प्रतिशत) हङकङ रेड लायन सिमेन्ट नम्बर थ्रि लिमिटेडसँग छ भने शिभम होल्डिङ प्रालिसँग ३० प्रतिशत सेयर रहेको छ । यो कम्पनीले होङ्सी ब्रान्ड नाममा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ ।

हालका लागि कम्पनीले ६ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले ६ अर्ब रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए टु रेटिङ दिएको छ ।


Read Previous

क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण

Read Next

गेपर्ट हाइड्रोको अर्को उपलब्धि: दैलेखमा ४ मेगावाटको अपर लोहेरे जलविद्युत् आयोजना सञ्चालनमा

Nepal Purbadhar