Nepal Purbadhar

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध


काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा  रहेको पुल  भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडी निर्माण भएको सो भाँचिएको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।

त्यस्तै गरी स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिड्नु परेको छ। 


Read Previous

फेरिएको काँठ क्षेत्र: शहर मोहले गाउँ रित्तिँदै