Nepal Purbadhar

पोखरामा छाता ओडेर सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन


काठमाडौं । सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाइएको भन्दै छाता उडेरै नाराबाजीसहति विरोध प्रदर्शनमा सहभागी भएका हुन् । 

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न माग गरेका छन् । 

पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध र्‍याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 


Read Previous

जब च्याटजीपीटीको सहयोगमा महिलाले तिरिन ३१ लाख ऋण

Read Next

झ्याप झ्याप बत्ती जाने समस्याले हैरानी, प्राधिकरण भन्छ– प्राविधिक समस्या हो, बत्ती जाने समस्या आगामी १ वर्षमा समाधान हुन्छ