
काठमाडौं । आजको युगमा एआईबारे नसुन्ने र यसको प्रयोग नगर्नेको संख्या न्युन छ । एआईको प्रयोगले मानिसको जीवनलाई सहज बनाउँदै गएको छ । कतिपयले यसकै प्रयोगबाट पैसा कमाइरहेका छन् भने कतिपयले यसलाई आफ्नो काम सहज बनाउन उपयोग गर्दै आएका छन् ।
तर, एआईको सहायताले ३१ लाख ऋण तिरेको तपाईंले सुन्नु भएको छ ?
हालसालै अमेरिकाकी एक महिलाले एआईकै सहायतामा आफ्नो २० लाख कर्जा चुक्ता गर्न सफल भएको छिन् ।
बिजनेस टुडेकाअनुसार अमेरिकाको डेलावेयर बस्ने ३५ वर्षिया महिलाको जीवनमा एआईले यस्तो सहायता गरेको हो । जेनिफर एलन नामक घरजग्गा कारोबार तथा कन्टेन्ट क्रियटर एक महिलाको जीवनमा यस्तो घट्ना भएको हो ।
आफ्नो कामबाट ठीकठाक आम्दानी गरिरहेकी उनको जीवनमा पैसाको सहि व्यवस्थापन नहुँदा प्राय: ऋणमा नै हुन्थिन् । छोराको जन्म भएपछि भने उनको अवस्था थप बिग्रिएको थियो । अस्पतालको खर्च तिर्नका लागि क्रेडिट कार्डको प्रयोग गरेकी उनको ऋण समयसँगै बढ्दै गएको थियो ।

इच्छाभन्दा पनि आवश्यकतामै केन्द्रित भएर खर्च गरिरहँदा पनि जेनिफरको क्रेडिट कार्डको बिल २३ हजार डलर पुगेको थियो । यो भनेको नेपाली रुपैयाँमा ३१ लाखभन्दा धेरै हो । तब उनलाई यो कर्जा कसरी तिर्ने भन्ने कुराले चिन्ता सिर्जना गरेको थियो ।
उनले यो चुनौतीको समाधान खोज्नका लागि एआईको प्रयोग गर्ने फैसला गरिन् । उनले च्याटजीपीटीको प्रयोगबाट ३० दिनको वित्तिय व्यवस्थापनको तालिका बनाइन र खर्चलाई काम गर्ने कोसिस गरिन् । एआईले उनलाई सहज तर महत्वपुर्ण कदम उठाउनका लागि सल्लाह दिएको थियो ।
उनलाई एआईले नै दिएको सल्लाह थियो- आफ्ना सबै बैंक एकाउन्टमा के कति रकम छ भन्ने चेकजाँच गर्नु । जेनिफरलाई आफूसँग त्यस्तो कुनै पैसा नभएको लाग्थ्यो । तर, जब उनले आफ्नो एउटा पुरानो खाताको जाँच गरिन, तब त्यहाँ १० हजार अमेरिकी डलर अर्थात १३ लाख नेपाली रुपैयाँ थियो । जेनिफरलाई आफ्नो उक्त खातामा पैसा छ भन्ने नै थाहा थिएन ।
खातामा पैसा भएको थाहा पाएसँगै जेनिफरले च्याटजीपीटीकै सहयोगमा घरमा भएका सामानको मात्रै उपयोग गर्ने र घरमै खाना बनाउन सुरु गरिन् । यसो गर्दा उनले विगतको खर्चको तुलनामा मासिक ८० हजार नेपाली रुपैयाँसम्म बचाउन सफल भइन् । यसरी उनको खर्च विस्तारै विस्तारै कम हुँदै गयो ।
त्यसपछि उनले एक महिनामा करिब १६ लाख रुपैयाँ ऋण तिरेकी थिइन् । त्यसपछि भने उनी हाल बाँकी ऋण तिर्ने र अनुशासित भएर पैसाको उपयोग गर्ने कदममा अघि बढिरहेकी छिन् ।
नेनिफरले आफ्नो अनुभव सुनाउँदै एआई केवल प्रविधि मात्र नभएर आजको समयमा वास्तविक सहयोगी पनि भएको बताएकी छिन् । यसको सहि उपयोग गरेमा च्याटजीपीटीजस्ता एआई प्रविधिले वित्तिय पक्षलाई पनि सुधार्न सक्ने उनले बताएकी छिन् ।