
काठमाडौं । न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरी पार्किंग सुरु गरिएको छ ।

नगरप्रहरीले मोटरसाइकलमा लक लाए पछि बिरुद्द स्वरुप सटर बन्द गरिएको थियो।

सो क्षेत्रमा पार्किंग निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिएपनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन ।

सर्वसाधारणले किनमेल लगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लाग्नाले र पठाओ र ईन ड्राइव जस्ता सेवा प्रदायकहरुले सडक मै पार्किङ गरी बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा परी रहने गरेको छ ।
