
सांकेतिक तस्बिर
काठमाडौं । सरकारले सभामुख र प्रधानन्यायधिशका लागि आवास गृह बनाइदिने भएको छ ।
शहरी विकास मन्त्रालयमार्फत आगामी वर्षको बजेटमा सभामुख र प्रधानन्यायधिशका लागि आवास गृह बनाउने उल्लेख छ ।
सरकारले अति विशिष्ट पदाधिकारीहरुका लागि भवन बनाइदिन लागेको हो । यस अघि शहरी विकास मन्त्रालयले मन्त्रीहरुका लागि भैसेपार्टीमा क्वार्टर बनाइदिएको छ । करिब ३ अर्ब रुपैयाँ खर्चेर मन्त्रीहरुका लागि क्वार्टर बनाइदिएको हो । हरिहरभवनस्थित क्वार्टरबाट मन्त्रीहरु भैसेपार्टी सरिसकेका छन् । जहाँ ९६ रोपनी १० आना जग्गा छ । प्रत्येक भवनले ७ आना जग्गा ओगटेका छन् ।

मन्त्री आवासमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ। त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा (सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने), निजी कोठा र स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ ।
ना हुने भन्दै निर्णय गरेर अघि बढ्न सकेको छैन् ।
आगामी आर्थिक वर्ष सिंह दरबार परिसरमा शहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माण सुरु गर्ने योजना छ ।
भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल तथा मनोरञ्जन पार्क बनाउने योजना शहरी विकास मन्त्रालयले अघि सारेको छ ।