Nepal Purbadhar

नयाँ दर्ता भएका इन्जिनियर र आर्किटेक्टहरुका लागि ‘क्यारिअर इम्पावरमेन्ट एण्ड ओरेन्टेसन प्रोगाम’   तालिम सम्पन्न


काठमाडौं । नयाँ दर्ता भएका इन्जिनियर तथा आर्किटेक्टहरुलाई आत्मविश्वास र आफ्नो पेसागत यात्रा सुरु गराउन सहयोग पूर्‍याउने उदेश्यले तालिम दिइएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएन र नेपाल इन्जिनियरिङ काउन्सिलको सयुक्त आयोजनामा ‘क्यारिअर इम्पावर एण्ड ओरियन्टेसन प्रोगाम आयोजना गरिएको हो ।

कार्यक्रम असार ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । तीन दिनको अवधिमा करिब १०० जना युवा इन्जिनियर तथा आर्टिटेक्टहरुको सहभागिता थियो । जसलाई आयोजकले उत्साहजनक उपस्थिति भनेको छ ।

यस्तै कार्यक्रहरु साउन ३ गते इन्जिनियर दिवसपछि पनि सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार आफ्नो पेशागत यात्रा प्रारम्भ गर्न आवश्यक मार्गदर्शन, जानकारी र प्रेरणा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

पूल्चोकस्थित इन्जिनियर भवनमा कार्यक्रम सम्पन्न भएको हो ।


Read Previous

आत्मनिर्भरताको नारासहित धान दिवस मनाइँदै, खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत

Read Next

१२.५ मेगावाटको म्याग्दी खोला-बी जलविद्युत आयोजना बन्दै, २०८५ बैशाखदेखि व्यवसायिक उत्पादन गर्ने