Nepal Purbadhar

कतारमा रहेका नेपालीलाई सतर्क रहन दुतावासको आग्रह


काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा हमला गरेसँगै मध्यपूर्वको अवस्था झन बिग्रिँदा दोहास्थित नेपाली दुतावासले नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

दुतावासले एक सूचना जारी गर्दै वर्तमान परस्थितिलाई मध्य नगर गरेर कतारमा रहेका नेपालीहरुलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गरेको हो ।

कतासको अल-उदैदस्थित एयरबेसमा इरानले सोमबार मिसाइल आक्रमण गरेको छ । गत शनिबार अमेरिकाले इरानका परमाणु केन्द्रमा गरेको आक्रमणको जवाफी हमलाका रुपमा यो आक्रमणलाई हेरिएको छ ।

धेरै नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने गन्तव्य मुलुकका रुपमा रहेको कतारमा पनि इरान, इजरायल र अमेरिकाबीचको द्वन्द्व बढ्दै गएपछि प्रभाव परेको हो । यस्तोमा त्यहाँ रहेका नेपालीहरुलाई शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्नसमेत नेपाली दुतावासले अनुरोध गरेको छ ।

दुतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’

Facebook Comments

Read Previous

कतारस्थित अमेरिकी सैन्य एयरबेसमा इरानको हमला

Read Next

कतारमा इरानको आक्रमणपछि कतार जान लागेका ५ सयबढि नेपालीको विमानस्थलमा बिचल्ली

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar