Nepal Purbadhar

राष्ट्रिय स्वतन्त्र पार्टीबाट वेल घेराउ, राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सदन बहिस्कार


काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका बीच पनि सभामुखले संसद बैठक अघि बढाएसँगै रास्वपाका सांसदहरुले वेल घेराउ गरेका छन् । 

संसदमै नाराबाजीसहित विरोध जनाइरहेको रास्वपाको विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठकलाई अघि बढाएपछि रास्वपाका सांसदहरुले वेल घेराउ गरेका हुन् । 

रास्वपाका सांसदहरुले गृहमन्त्री रमेश लेखक र भिजिट भिसामा उनको संलग्नताको विषयमा छानबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । 

रास्वपाले वेल घेराउ गरेर विरोध गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सदन बहिष्कार गरेर बाहिरिएको छ । 

प्रतिनिधिसभा बैठकमा विगत केही दिनदेखि यस्तै दृश्य देखिएको छ । जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षले विरोध जनाइरहेका छन् । आइतबारबाट भने सभामुखले प्रतिपक्षको विरोधका बीच पनि संसद बैठकलाई अघि बढाइरहेका छन् । 


Read Previous

डङफेङ ब्रान्डका गाडी बेच्ने त्रिवेणी मेटोकर्पको व्यापार १३ करोड ४० लाख

Read Next

सुनचाँदी व्यवसायीको आन्दोलन: सटरमा ताला, सडकमा र्‍याली