
काठमाडौं । प्रतिनिधिसभा संसदमा आज रोमाञ्चक दृश्य देखिएको छ ।
जेठ १३ गतेदेखि प्रतिनिधिसभा संसद बस्न सकेको थिएन् । प्रमुख प्रतिपक्षी दल माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण संसद नियमित कार्यसूचिमा अघि नबढेको अवस्था थियो । यद्यपी आइतबार भने संसद्मा सत्ता पक्षले जबरजस्ती संसद चलाएको छ ।

गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै प्रतिपक्षी दलहरुले संसद अवरोध गरिरहेका थिए । तर, शुक्रबार सत्तापक्षसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल माओवादीले भने संसद अवरोध नगर्ने र चल्न दिने निर्णय गरेको थियो ।

आइतबार माओवादीले संसदमा अवरोध गरेको छैन् । तर, दोस्रो ठूलो प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने विरोध गरिरहेका छन् । सांसदहरुले बोलिरहँदा राप्रपाका सांसदहरुले बैठकमा उभिएर विरोध गरिरहेका छन् भने रास्वपाका सांसदहरुले वेल घेराउ गरिरहेका छन् ।
