
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २३ द्वारा आयोजित धर्मपथ महोत्सवमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै गुथी, खाछ, पुच प्रणालीमा आधारित नाच, गीत, परम्परागत वाद्ययन्त्र, नेवा: परिकार, हस्तकला र बालमैत्री गतिविधिहरू प्रस्तुत गरिएको छ।

प्रशिक्षण लिएका स्थानीय महिलाद्वारा उत्पादन गरिएका सामग्रीको बिक्री, निःशुल्क स्वास्थ्य शिविर र साँझ कुटुम्ब ब्याण्डको प्रस्तुति महोत्सवको विशेष आकर्षण रहेको छ।
मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, स्थानीय उत्पादनमा हस्तकला तथा परम्परागत वस्तु तथा सामानको स्टल रहनेछन्।

दिउँसो १ः०० बजेदेखि सुरु मेलाअन्तर्गत अपराह्न ४ः३० देखि ६ः०० बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारको प्रस्तुति रहने छ। त्यसपछि कुटुम्ब ब्याण्डले प्रस्तुति दिनेछ।
मेला आज एक दिनका लागि आयोजना गरिएको हो ।
