
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रुसहितको विमान दुर्घटना भएको छ ।
बिहीबार दिउँसो अहमदाबाद नजिकैकै मेघनीनगर क्षेत्रमा विमान दुर्घटना भएको पिटिआईले जनाएको छ ।
उक्त विमान एयर इण्डियाको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान भारतबाट लन्डनतर्फ जाँदै गरेको बताइएको छ ।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, “हाल हामी घटनाको विस्तृत विवरण संकलन गरिरहेका छौं र थप जानकारी चाँडै सार्वजनिक गरिनेछ।”